"दशैंको एकादशी: विष्णु र सिद्धिदात्रीको पूजामा भक्तजनको आस्था!
स्थानीय
जाजरकोट कुशे ९ पैकमा पहिरोको त्रास: दुई घर र एक कटेज उच्च जोखिममा !
जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ९ स्थित पैक क्षेत्र अहिले पहिरोको कारण ठूलो संकटमा रहेको छ।
लगातारको वर्षाले उत्पन्न भएको पहिरोले यहाँका दुईवटा घर र एक होटल व्यवसाय गरिरहेको कटेजलाई गम्भीर खतरामा पारेको छ।जनता मावि पैकको प्राङ्गणबाट ३०–४० मिटर माथिबाट खसेको पहिरोले यी संरचनाहरूलाई हानि पुर्याएको हो।
विशेष गरेर, नरेन्द्र आर.सीको घर त्यस्तै वीरेन्द्र आर.सीको नयाँ घर र रामचन्द्र आरसीको कटेज धेरै ठूलो क्षतिको शिकार भएका छन्। वीरेन्द्र आरसीले एक वर्ष अघि १४–१५ लाख रुपैयाँको लगानी गरेर आफ्नो घर निर्माण गरेका थिए। उनले हालको पहिरोले आफ्ना घरको संरचनामा पुर्याएको क्षति प्रति दुख व्यक्त गर्दै भने, “म यो घर बनाउन धेरै परिश्रम र पैसा खर्च गरेको थिएँ। पहिरोले यो सबै लगानीलाई बालुवामा पानी हाल्न जस्तो बनाइदिएको छ। यसले हाम्रो मेहनत र लगानीलाई चुराइदिएको छ।" आवश्यक संरचनाहरूको क्षति मात्र होइन, यस पहिरोले स्थानीय जनजीवनलाई पनि गंभीर असर पुर्याएको छ।
पहिले यहि घर अगाडीबाट गाडी हिड्ने बाटो थियो तर अहिले रोडको नाम निसाना पनि भेटिएर मान्छे हिड्ने बाटो समेत नभएको र पहिरोका कारण यहाँको सडक र यातायात अवरुद्ध भएको छ।
स्थानीय देबबहादुर सिंहका अनुसार, २०८० साल कात्तिक १७ गते गएको बिनाशकारी भुकम्पका कारण छिया-छिया परेको जमिन अहिले भास्सिएको छ। भूकम्पको असर पनि रहेको छ। चर्को घाम र लगातारको पानी तथा चट्याङका कारण यहाँ घरमा बस्न असम्भव नै छैन ।
”पैकका स्थानीय बासिन्दाहरूले यो संकटले आफ्नो दैनिक जीवनलाई ठूलो अवरोध पुर्याएको र यस विषयमा स्थानीय सरकारको शीघ्र ध्यानाकर्षणको आवश्यकता रहेको बताएका छन्। पहिरोले निम्त्याएको समस्यालाई समाधान गर्न स्थानीय सरकार र अन्य सम्बद्ध निकायहरूले तत्परता देखाउनु पर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ।
सम्भवत: यो संकटको समाधान नहुँदा, यहाँका मानिसहरूको दैनिकीमा अझै थप समस्या उत्पन्न हुन सक्छ। स्थानीयहरूले यसलाई ध्यानमा राख्दै तत्काल राहत र पुनःस्थापना कार्यको माग गरेका छन्। यस क्षेत्रमा प्रतिकूल जलवायु र भौगोलिक स्थितिका कारण राहत कार्य थप कठिन भएको छ, त्यसैले संलग्न निकायहरूले थप सहयोग र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको छ।
जाजरकोटको कुशे गाउँमा यस्तो संकटको स्थिति सँधै नआओस् र यहाँका बासिन्दाहरूलाई तत्काल राहत मिलोस् भन्ने अपेक्षा गरिएको छ। यस क्षेत्रको सुरक्षा र जनजीवनको सहजता पुनः स्थापित गर्नका लागि सबै पक्षलाई सक्रिय र जिम्मेवार भूमिका निभाउन अपील गरिएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!