स्थानीय

वीपीको १११औं जन्मजयन्तीमा साहित्यिक समीक्षा कार्यक्रम सम्पन्न !

Samayapati

कोहलपुर, २५ भाद्र २०८१ – विशिष्ट साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्तिको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले एक साहित्यिक समीक्षा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा वीपीको साहित्यिक कृतिहरूको गहिरो विश्लेषण गरि बिपी कोइरालाका साहित्यिक कृतिहरूको महत्व र प्रभावबारे जानकारी गराउनु यस कार्यक्रमको उदेेेश्य रहेको हो।

ज्ञानोदय पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा प्रमुख अतिथि समाजसेवी रामबहादुर अधिकारीले  ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए।उद्घाटन सत्र बोल्दै प्रमुख अतिथि अधिकारीले वीपीका कृतिहरूलाई आजको पुस्ताका लागि मार्गदर्शक भन्दै विचार व्यक्त गरे ।

विशिष्ट अतिथिहरूका भनाइ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव र वरिष्ठ कथाकार सनत रेग्मीले वीपीको राजनीतिक र साहित्यिक योगदानको चर्चा गर्दै, वर्तमान कांग्रेसी नेताहरूले वीपीका सिद्धान्तलाई अंगिकार नगरेको कुरा उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हरिप्रसाद तिमिल्सिनाले वीपीका कृतिहरूलाई नेपाली साहित्यका तारा भन्दै, उहाँको राजनीतिक योगदान र साहित्यिक दृष्टिकोणलाई प्रशंसा गरे। 

अन्य अतिथि र सहभागीहरू कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुस्करनाथ रिजाल, कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ जित बहादुर शाह, उपप्राध्यापक खोपिराम वलि क्षेत्री, पुस्तकालय संघ लुम्बिनी प्रदेशका सल्लाहकार गोविन्द प्रसाद पान्डे, लेखक सागर गैरे, अन्जु न्यौपाने, तुलसी पौडेल, कपिल अन्जान, उपप्राध्यापक जेन्टिल गौतम, साहित्यकार चन्द्रवती अधिकारी, छत्र रेग्मी, पुस्तकालयका सल्लाहकार जयकृष्ण न्यौपाने, रेडक्रस उपशाखा कोहलपुरका बासुदेव उपाध्याय, विक्रम शिशिर, कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाही, विद्यार्थी नेताहरू नवराज वि.क., लक्ष्य केसि, विपिन शाही, जयश्वर पौडेल र कोहलपुर नगरपालिका वडा नं. ११ का पूर्व अध्यक्ष कर्ण बहादुर थापा सहभागी हुनुभएको थियो।

समापन कार्यक्रमको समापनमा अध्यक्ष चेतकान्त भट्टराईले वीपीको साहित्यिक योगदानलाई स्मरण गर्दै, यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।

पुस्तकालयका सचिव एकराज शर्माले कार्यक्रमको संचालन गर्दै, हरिप्रसाद तिमिल्सिनाको वीपीको बारेमा विश्लेषणलाई  जानकारी गराउदै  यस कार्यक्रमले वीपीको साहित्यिक योगदानलाई सम्मान गर्दै, अध्ययन र विश्लेषण गर्ने अवसर प्रदान गरेको छ।


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१, ०४:३०:००
प्रतिक्रिया दिनुहोस्