जाजरकोट कुशे–९ स्वास्थ्य चौकी पाँचौँ पटक सम्म लगातार प्रथम, वार्षिक समीक्षा गोष्ठी सम्पन्न!
स्थानीय
पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात ।

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ ।
दुईवटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु रहेको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजीको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले उज्यालोलाई जानकारी दिनुभयो । बेपत्ता बस र यात्रुको खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोरसमेत परिचालन गरिएको छ ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!