कोहलपुरमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा भीषण आगलागी, लाखौंको क्षति !
स्थानीय
पाँच दिने आधारभुत पत्रकारिता तालिम बैजनाथमा सुरु ।

पाँच दिने आधारभुत पत्रकारिता तालिम बैजनाथमा सुरु भएको छ । व्यवसायिक पत्रकार, स्थानीय तहको आधारु भन्ने नाराका साथ बैजनाथ गाउँपालिकाको सहयोग तथा शिलालेख डटकमको समन्वयमा शिलालेख मल्टिमिडिया प्रालि बैजनाथ ४ बाँकेको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले तालिमको उद्घाटन गदै स्थानीय सरकारका गतिविधिलाई बाहिर ल्याउन स्थानीय स्तरमा पत्रकार उत्पादन हुन आवश्यक रहेकोमा जोड दिए । राष्ट्रको चौथो अंग पत्रकारिता जगतले स्थानीय सरकारलाई सही बाटोमा लाग्न झकझक्याउने उनले बताए ।
सो क्रममा विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष एवम् नागरिक दैनिक संवाददाता अर्जुन ओली, बैजनाथ दैनिकका सम्पादक कुशल दलामी लगायतले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी एवम् बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, प्रशिक्षक एवम् जिल्ला अदालत बर्दियाका शाखा अधिकृत सूचना अधिकारी अमृता केसी, पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य पवित्रा परियार लगायत अतिथीको उपस्थिती रहेको थियो । तालिममा बैजनाथका ८ वटै वडाबाट सहभागिता रहेको छ । कार्यक्रम सञ्चालन सञ्चारकर्मी धना केसीले गरेकी थिइन् ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!