युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
खुसीको खबर बाकेका ६ जना कोरोना संक्रमित बुधबार निको भएर घर जाँदै...

समयपाटी संबाददाता
श्रावण १४ बुधबार २०७७
बाँकेमा बुधबार थप ६ जना कोरोना संक्रमित निको भएर घर जाने तयारीमा रहेका छन ।
स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश बाबू श्रेष्ठका अनुसार कोरोना भाइरसबाट मुक्त भइ बुधबार उनीहरु ६ जना घर जाने भएका हुन ।
बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन सेन्टरबाट नेपालगन्ज खजुरा २ का एक पुरुष, ३ का एक पुरुष, ८ का दुई पुरुष र नेपालगन्ज २१ का एक पुरुष र खजुरा ८ कि एक महिला सहित ६ जना डिस्चार्ज भइ घर जान लागेका हुन ।
यो सङ्गै कोरोना मुक्त भइ घर जानेको संख्या बाकेमा ३ सय ७९ पुगेको छ । अब विभिन्न आइसोलेसनमा २६ जना संक्रमित बााकी रहेका छन।
बाके जिल्लाका हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ । त्यसैगरी, जिल्ला बाहिर घर भइ बाँकेमा कार्यरत प्युठानका एक र जुम्लाका एक गरी २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या जम्मा ४ सय ७ पुगेको छ ।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!