स्थानीय

नबकिरण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड को  १४ औं बार्षिक साधारण सभा आज सम्पन्न ।

Samayapati

बाँकेको बैजनाथ गाउँपालिका वडा न २ मा रहेको नबकिरण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड को  १४ औं बार्षिक साधारण सभा आज शनिबार एक कार्यक्रमका बिच सम्पन्न  भएको  छ ।

सहकारीको दिगोपन , स्वनियम र सुशासन  भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रमका  सभापति एबम सो सस्थाका अध्यक्षको अध्यक्षतामा आजको कार्यक्रम संचालन भएको हो।

आजको  कार्यक्रमका प्रमुख अतिथी बैजनाथ  गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु रुचाले   कार्यक्रमको उद्घाटन गनुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिति रुचालले   सहकारी भनेको कर्मचारी , संचालक समिति र शेर सदस्यहरु बिचको सहकार्य र हातेमालो हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ। बास्तबमा सहकारी भनेकै सहकार्य गर्न थलो भएँको बताउनु भएँको छ । स्थानिय स्तरमा ब्यापार व्यवसायलाई ऋण प्रबाह गरी अगाडी बढाउन महत्वपुर्ण भुमिका रहेकाले सहकारीमा शेयर सदस्य ,संचालक ,कर्मचारी सबै सक्रिय इमान्दार र बफादार भएमा मात्र सहकारीको उन्नति प्रगति र सहकारी फस्टाउने बताउनु भयो ।

उक्त कार्यक्रमका  विशिष्ट अतिथि राााष्ट्रिसहकारी बैकलिमिटेडका शाखा प्रमुख निता कुमारी थापाले सरकारले दिएको तीन खम्बे आर्थिक निति भित्र रहेर काम गरेमा सहकारीको आर्थिक उन्नति हुने बताउनु भयो। उहाँका अनुसार अबका दिनहरुमा यो सहकारीले सहकारीका मुलभुत विशेषता र नितिहरुलाई आत्मासाथ गर्दै आगामी दिनहरूमा राष्ट्रिय अर्थतन्त्रलाई टेवापुग्ने गरि देशको अर्थतन्त्रलाई सफल पार्नको निमित्त स्थानीय स्तरमा निर्धारित कार्यक्षेत्रहरु तोकिएको हुन्छ। त्यसैले यो क्षेत्रका सम्पुर्ण सहकारीका सदस्यहरुको जिबन स्तरलाई उचाल्नका निम्ति यस सहकारीले ठोस महत्त्वपूर्ण योगदान गर्ने गरि यस सहकारीको क्षमता अभिबृदी होस भन्दै आफ्न धारण सहित शुभकामना मन्तव्य  व्यक्त गर्नुभएको थियो।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सि . बि  . यो धोज बहादुर खड्का , सामाजिक बिकास मंच बाँकेका भिम प्रसाद आचार्य ,  कौशिल्या अस्पताल प्रा . लि. का संचालक शंकर न्यौपानेले पनि सहकारीको बिषयमा आफ्ना धारण व्यक्त गर्नु भएको थियो भने कौशिल्या अस्पताल प्रालीले सो सस्था संग प्राबिधिक सहकार्य गरेर  निशुल्क अँखा शिबिर संचालन  गरी त्यहाका ८५ प्रतिशत शेयर सदस्यहरुको आफ्नो अँखाको निशुल्क रुपमा चेकजाज गराई सन्तुष्ट भएका थिए भने सोही सस्थाए विभिन्न बिधामा पुरस्कृतहुनेहरुलाई सम्मान पत्र , कदर पत्रका संगै नगद रुपैयाँ पनि प्रदान गरेको थियो ।  त्यस्तै आजको कार्यक्रममा लेखा परीक्षक आयुष चौधरी  लेेेखा समिति संयोजक खगेन्द्र बहादुर थापाले लेखा सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। आजको कार्यक्रममा संचालक समिति,  लेखा समिति, सम्पुर्ण कर्मचारी र शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 

 त्यस्तै कार्यक्रमका सभापति तथा सोही सस्थाका अध्यक्ष जगत बहादुर बुढाले  यस सहकारी सस्थामा आबद्ध १४३१ शेर सदस्य , कर्मचारी , र संचालक समितिले यो सस्थालाई यो अबस्थासम्ममा पुर्याउनु भएकोले आफू र आफ्नो सहकारी सस्थाको तर्फबाट सबैलाई धन्यवाद समेत व्यक्त गरी आजको कार्यक्रम समापन भएको घोषणा गर्दै कार्यक्रम सम्पन्न भएको थियो भने आजको कार्यक्रमको उद्घोषक एबम सो सस्थाका प्रबन्धक प्रदिप राज बुढाले गर्नुभएको थियो।


प्रकाशित मिति: शनिवार, मंसिर ३०, २०८०, ०५:३५:००
प्रतिक्रिया दिनुहोस्