स्थानीय

किशोरी बनिन् कोहलपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ।

Samayapati

  कोहलपुर नगरपालिकामा एक दिनको लागि नगरबाल सन्जालकी यमुना घिमिरेले प्रमुख प्रशासकीय अधिकृतको भुमिका निबार्ह गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बस्न पाउँदा आँफूले निकै भाग्यमानि महसुस गरेको घिमिरेले बताउछिन् ।  पद ग्रहण गरेसँगै  किशोरी, युवा महिलाका राजनीतिक अधिकारका बारेमा पनि अध्ययन, अनुसन्धान गर्ने पर्ने र सरकार तथा अन्य निकायलाई यस विषयमा सुझाव दिनु पर्ने कुरा उठाउएकी थिईन् । 

     बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान हो । सोही अभियान अन्र्तगत आज एक कार्यक्रमका बिच घिमिरेलाई एक दिनको लागि प्रमुख प्रशासकीय अधिकृतको पद हस्तान्तरण गरिएको थियो ।

गल्र्स टेकओभर एक उत्कृष्ट अवसर होजसलेबालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्थाहरूलाई अवसर प्रदान गर्ने काम गर्दछ । 

 


प्रकाशित मिति: आइतवार, मंसिर १७, २०८०, ०३:५१:००
प्रतिक्रिया दिनुहोस्