स्थानीय

नागेस्वरी कृषि सहकारी संस्था लि. को ९ औं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न।

Samayapati

बाँकेको कोहलपुर नगरपालिका वडा न १० मा रहेको नागेस्वरी कृषि सहकारी संस्था लि को ९ औं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।

सहकारीमा सदस्य बनौ, व्यवसायमा हातेमालो गरौं भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रमका सभापति एबम नागेस्वरी कृषि सहकारी सस्थाका अध्यक्ष राम प्रशाद श्रेष्ठको अध्यक्षतामा आजको कार्यक्रम संचालन  भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराईले पानसमा बत्ती  बालेले कार्यक्रमको उद्घाटन गनुभएको थियो । उद्घाटन सत्रमा बोल्दै  प्रमुख अथिति गौरा भट्टराईले  सहकारी भनेको कर्मचारी , संचालक समिति र शेर सदस्यहरु बिचको सहकार्य र हातेमालो हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ। बास्तबमा सहकारी भनेकै  सहकार्य गर्न थलो भएँको बताउनु भएँको छ । स्थानिय स्तरमा ब्यापार व्यवसायलाई ऋण प्रबाह गरी अगाडी बढाउन महत्वपुर्ण भुमिका रहेकाले सहकारीमा शेयर सदस्य ,संचालक ,कर्मचारी सबै सक्रिय इमान्दार र बफादार भएमा  मात्र सहकारीको उन्नति प्रगति र सहकारी  फस्टाउने बताउनु भयो ।

उक्त कार्यक्रमका अधिबक्ता एबम विशिष्ट अतिथि जगत जंङ  बुढाथोकीले सरकारले दिएको तीन खम्बे आर्थिक निति भित्र रहेर काम गरेमा सहकारीको आर्थिक उन्नति हुने बताउनु भयो। उहाँका अनुसार अबका दिनहरुमा यो सहकारीले सहकारीका मुलभुत विशेषता र नितिहरुलाई आत्मासाथ गर्दै आगामी दिनहरूमा राष्ट्रिय अर्थतन्त्रलाई टेवापुग्ने गरि देशको अर्थतन्त्रलाई सफल पार्नको निमित्त स्थानीय स्तरमा निर्धारित कार्यक्षेत्रहरु तोकिएको हुन्छ त्यसैले यो क्षेत्रका सम्पुर्ण सहकारीका सदस्यहरुको जिबन स्तरलाई उचाल्नका निम्ति यस सहकारीले ठोस महत्त्वपूर्ण योगदान गर्ने गरि यस सहकारीको क्षमता अभिबृदी होस भन्दै आफ्न धारण व्यक्त गर्नुभएको थियो।

उर्जादिप कृषि सहकारीका अध्यक्ष अमृत ढकालले पनि सहकारीको बिषयमा आफ्ना धारण व्यक्त गर्नु भएको थियो त्यस्तै आजको कार्यक्रममा उपाध्यक्ष सीता कडेल , सचीव भबिलाल भण्डारी , लेखासंयोजक ओम प्र. न्यौपाने, सल्लाहकार बिना श्रेष्ठ , हरिकला शर्मा , सदस्य सकुल प्रसाद थारु , युबराज रेग्मी , नारायणी काप्ले , पिताम्बर शर्मा लगायतको उपस्थिति रहेको थियो  त्यस्तै  कार्यक्रमका सभापति तथा सोही सस्थाका अध्यक्ष राम प्रसाद श्रेष्ठले यस सहकारी सस्थामा ४४६ आबद्ध शेर सदस्य , कर्मचारी , र संचालक समितिले यो सस्थालाई यो अबस्थासम्ममा पुर्याउनु भएकोले आफू र आफ्नो सहकारी सस्थाको तर्फबाट सबैलाई धन्यवाद समेत व्यक्त गरी आजको कार्यक्रम समापन भएको घोषणा गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित मिति: शनिवार, मंसिर १६, २०८०, ०३:२५:००
प्रतिक्रिया दिनुहोस्