स्थानीय

पानीको उपयोग तथा त्यसको स्रोतको संरक्षणमा जोड दिँदै विश्व पानी दिवस कोहलपुरमा बिभिन्न कार्यक्रम गरि मनाइयो ।

Samayapati

पानीको उपयोग तथा त्यसको स्रोतको संरक्षणमा जोड दिँदै आज विश्व पानी दिवस कोहलपुरमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । खानेपानी तथा सरफाई उपभोक्ता महासंघ जिल्ला महासंघ बाँकेको आयोजना तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँके , लुमन्ती आवासका लागि सहयोग समुह , कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्था , वास एलाइन्सको सहयोगम सुरक्षित खानेपानीको दिगो ब्यबस्थापन सम्बन्धी अन्र्तक्रीया कार्यक्रम सगै स्थानिय नागरिकहरुलाई सुरक्षित पिउने पानी बितरण गरिएको थियो ।

उक्त अन्र्तक्रीया कार्यक्रममा बोल्दै बाँके क्षेत्र न १ का संघिय सांसद सुर्य ढकालले बाँके जिल्लामा रहेको खानेपानीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बर्खामा खानेपानीका नल्काहरु सक्ने पानीको सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका तालतलैयाहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । साथै खानेपानीको समस्या समाधानका लागि खानेपानी डिभिजन कार्यालय बाँके , स्थानिय सरकार संग समवन्य गरेर काम गर्ने समेत बताएका छन् । उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानीका स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिन ।

दिगो विकास र लक्ष्य प्राप्तिका लागि सुरक्षित कार्यक्रम, सरसफाई तथा स्वच्छता परियोजना अनुसार खानेपानि तथा स्वच्छताको अवस्थालाई मध्यनजर गरी एक घर एक धारा निर्माणमा जोड दिने उनले जानकारी दिएका छन् । खानेपानिमा समुदायको पहुँच बढाउन नगरपालिका भित्र रहेका खानेपानि आयोजनाहरुलाई पालिका स्तरिय खानेपानि बोर्डको गठन गरीने कोहलपुर नगरपालिकाका मेयर तथा कार्यक्रमका बिशिष्ठ अथिति पूर्ण प्रसाद आचार्यले बताए ।

पानी भएकै ठाउँमा जीवन सम्भव भएकाले पानी नै जीवन हो भन्ने गरिन्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नलाग्ने डाक्टरहरुले बताउँदै आएका छन् । पृथ्वीको दुईतिहाई भाग पानीले ढाकेको छ । तर, सबै पानी पिउनयोग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । यसले पृथ्वीको ९७ दशमलव ५ प्रतिशत भाग ओगटेको छ । २ दशमलव ५ प्रतिशत पानी मात्र पिउनका लागि योग्य मानिएको छ । धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ ।

कार्यक्रममा, बिभिन्न राजनैतिक दलका जनप्रतिनिधि, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार, आम जन समुदाय लगाएतको उपस्थिती रहेको थियो ।

 


प्रकाशित मिति: बुधवार, चैत्र ८, २०७९, १०:४५:००
प्रतिक्रिया दिनुहोस्