स्थानीय

MNH सम्बन्धी अनसाईट कोचिङ्ग Clinical Mentoring कार्यक्रम कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा संचालन

Samayapati

कोहलपुरमा MNH सम्बन्धी अनसाईट कोचिङ्ग Clinical Mentoring कार्यक्रम कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा संचालन भएको छ ।
प्रसुतिकेन्द्रमा गुणस्तरीय प्रस्तुती सेवा सुनिचित गर्न तथा जटिलता व्यवस्थापन गर्नका लागी Coaching Mentoring विधि मार्फत नेपालगंज मेडिकल कलेज कोहलपुरमा कार्यरत नसिङ्ग स्टापहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्य राखि MNH सम्बन्धी अनसाईट कोचिङ्ग Clinical Mentoring कार्यक्रम तालिम संचालन गरेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी ले बताए ।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरी प्रशाद विश्वकर्माले विश्वको तथ्याङ्ग हेर्ने हो भने मात्तृदर र बाल शिशु मृत्युदर बृद्धि भएको देखिन्छ । नेपालको हेर्ने हो भने मात्तृदर र बाल शिशु मृत्युदर घट्दो क्रममा छ । त्यसैले  तपाई स्वास्थ्यकर्मीहरु धन्याबादको पात्र हुनुहुन्छ । तपाईहरुको लगनशिलता र मेहिनतले गर्दा यो सम्भव भएको बताए । मात्तृदर र बाल शिशु मृत्युदर घटाउन नसिङ्ग स्टापहरुको क्षमता अभिबृद्धि गराउन जरुरी रहेको प्रमुख अतिथि बिश्वकर्माले बताए ।


MNH सम्बन्धी अनसाईट कोचिङ्ग Clinical Mentoring कार्यक्रम मिति २०७९ चैत्र ८ देखि चैत्र १० गते सम्म संचालन हुने कार्यक्रममा प्रशिक्षक भेरी अञ्चल अस्पताल नेपालगंजका नसिङ्ग प्रशासक ईश्वरी के.सी. नसिङ्ग अधिकृत भाद्रा शर्मा , नसिङ्ग अधिकृत रुम कुमारी थनेट ,नेपालगंज नसिङ्ग क्याम्पसकी ललिता शर्मा समेतको उपस्थितीमा २८ जना सहभागिहरु रहेका थिए । कार्यक्रमको सहजीकरण  लोकमाया भारतीले गरेकी थिइन ।


प्रकाशित मिति: बुधवार, चैत्र ८, २०७९, ०६:२३:००
प्रतिक्रिया दिनुहोस्