बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
स्थानीय
संघर्षमा बित्तिय साक्षरता तालिम संचालन।

संघर्ष सहकारी संस्थाले १ दिने बित्तिय साक्षरता तालिम संचालन गरेको गरेको छ । नेपालका बैंक बित्तिय संस्था तथा सहकारीहरुमा बिश्व आर्थिक मन्दीको प्रभावका कारण तरलता अभाव हुदै गर्दा सहकारी संचालनमा समस्या तथा सदस्यहरुमा सहकारी प्रति शंका उत्पन्न भएको छ ।
यस्तो बिषम परिस्थितिमा सहकारी र सदस्य बिचको सम्बन्ध बलियो भएका सदस्य द्धारा निर्मित, सदस्य केन्द्रित र सदस्य नियन्त्रीत सहकारी संस्थाहरु मा सदस्य र संस्थाको भावनात्मक सम्बन्ध र साझा बुझाई कायम गर्ने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाको अध्यक्ष जानकी बि.क ले जानकारी गराउनु भयो ।
सहकारीमा अहिले कोरोना जस्तै तरलता अभावको महामारी फैलिएको छ ।यस्तो बेलामा सहकारीले सदस्यको समस्या लाई र सदस्यले सहकारीको समस्यालाई बुझ्नु पर्ने हुन्छ । सहकारीको समस्या यस्ता सदस्यले बुझ्छन् जसले सहकारी लाई आफ्नै ठान्दछन् ।सहकारीका बिबिध बिषयमा साक्षरता प्रदान गर्ने तालिममा १४० जना समुह प्रतिनिधीको सहभागीता रहेको थियो भने अन्य समुहको लागी पुन अर्को तालिम संचालिन गरिने संस्थाको उपाध्यक्ष सिता बि.कले जानकारी गराउनु भएको थियो ।तालिममा जिल्ला सहकारी संघ का अध्यक्ष प्रेम सुबेदी र संस्थाको प्रमुख ब्यवस्थापक तुलसी सुनार ले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव गिता देबी सुनारले गर्नु भएको थियो ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!