स्थानीय

कोहलपुर नगरपालिकाले सन्देशमुलक टिकटक प्रतियोगिता गदै ।

Samayapati

     कोहलपुर नगरपालिकाले सन्देशमुलक टिकटक प्रतियोगिताको आयोजना गर्ने भएको छ । कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधाहरु एव नियमनको बिषय समेटी जनचेतना तथा सन्देशमुलक टिकटक तयार गर्न सम्पुर्ण स्थानिय कलाकार , स्थानिय आम नागरिकहरुलाई आब्हान गरेको छ । उत्कृष्ट टिकटक प्रतियोगिहरुलाई नगरपालिकाको स्थापना दिबशका अबसरमा बैशाख २५ गते नगद सहीत सम्मान गरिने छ । प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवाहरु, स्थानिय सरकार सन्चालन ऐन २०७४ बमोजिमका काम कर्तब्य र अधिकारहहरु , सरसफाई तथा फोहरमैला ब्यबस्थापन , टा्रफीक तथा बजार ब्यबस्थापन , घर नक्सा पास , बहाल तथा ब्यबसाय कर दर्ता गर्नुपर्ने बिषय , ब्यतmीगत घटना दर्ता गर्नुपर्ने , शिक्षा तथा जनस्वास्थ्य प्रवर्धन , वडा कार्यालयबाट हुने सिफारिसहरु , न्यायिक समितिले प्रदान गर्ने सेवाहरु लगायतका बिषयमा केन्द्रित हुनुपर्ने छ । भिडियो मौलिक एव निर्माताको नै कपिराईट भएको गित सम्वाद ,नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र बढिमा ३ मिनेट सम्मको बनाउनुपर्ने छ । साथै टिकटक निमार्ण गरी आफ्नो वालमा सबैले हेर्ने , लाईक कमेन्ट र सेर गर्न मिल्ने गरी पोष्ट गरी कोहलपुर नगरपालिका अफीसियल २ @kohalpur नामको टिकटकआईडिमा ट्याक वा मेन्शस गरी भिडियोको एक प्रति ९८५८०६७१११ नम्बरको हट्सएपमा पठाउनुपर्ने छ ।उकृष्ट ३ वटा सन्देशमुलक भिडियोलाई नगरपालिकाले क्रमश रु १० हजार , ८ हजार ,५ हजारका दरले पुरस्कार प्रदान गर्नेछ ।


प्रकाशित मिति: शुक्रवार, चैत्र ३, २०७९, ०४:०१:००
प्रतिक्रिया दिनुहोस्