कोहलपुर महोत्सव २०८२: कृषि, पर्यटन र उद्योग एउटै मञ्चमा! जलपरीको नयाँ आकर्षण।
स्थानीय
२० वर्ष उमेर पुगेपछि विवाह गर्नेलाई १० हजार रुपैयाँ ।

कालीकोटको शुभकालीका गाउँपालिका–७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाले चैत १ गते हिजोदेखि लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो ।
उहाँले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताउनुभयो । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । ुकसैले सिफारिस नलिइ विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छु, उहाँले भन्नुभयो ।
उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताउनुभयो । ुयसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसविना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।ु उहाँले भन्नुभयो, ुअब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।ु
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!







