बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
स्थानीय
कोहलपुरको शान्ति सुरक्षाका लागि प्रतिबद्ध छु ः इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर क्षेत्रको शान्ती सुरक्षा कायम राख्न आफु प्रतिवद्ध रहेको बताएका छन् । बाँकेका पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा आफु कोहलपुरको अपराध नियन्त्रण सगै यहाको शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
अपराधिक गतिविधिका हिसावले ट्रान्जिट प्वाईन्टका रुपमा रहेको कोहलपुरमा शान्ति सुरक्षा कायम राख्नु चुनौतीको विषय भएपनि नयाँ ढंगबाट अप्रेशन सञ्चालन गर्ने योजनामा रहेको र आफ्ना योजनाहरु पुर्ण रुपमा पालना गदै जाने बताए । कोहलपुरमा विशेषगरी लागु औषध दुब्र्यसन तथा ओसारपसार, साईबर अपराध, चोरी निकासी, सवारी दुर्घटना, आत्महत्या र महिला तथा बालबालिका विरुद्धका अपराधका घटना मुख्य समस्याका रुपमा रहेका छन डिएस्पी तिवारीले भने, “यस्ता समस्या समाधान तथा न्यूनिकरणकालागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनाका कार्यक्रमहरु सञ्चालनमा ल्याउँछौं ।
कोहलपुरमा लागुऔषध दुब्र्यसनिको मात्र डरलाग्दो अवस्थामा रहेको बताउँदै तिवारीले पछिल्लो १ महिनामा मात्र १५७. ४३ ग्राम लागुऔषध बरामद गरिएको जानकारी दिए । लागु औषध प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि जनशक्ति परीचालन गरी प्रमुख नाकामा चेकजाँचलाई कडाई पारिएको बताए ।
दुघर्टना न्युनिकरणका लागि चिसापानी , कुसुम , सम्झना , ढकेरी लगायतका क्षेत्रमा ब्यबस्थित चेकिड. सुरु गरिएको र यस्ले गर्दा पनि सहज भएको बताए । प्रविधिको विकाससँगै हुन सक्ने अपराधका गतिविधिलाई निरुत्साहित गर्नका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको टिम तयार अबस्थामा रहेको बताए साथै सवारी दुर्घटना, महिला माथि हुने दुब्र्यबहार तथा आत्महत्या, प्राकृतिक स्रोत साधनको दोहोन, चोरी लुटपाट, यौनजन्य गतिविधि जस्ता जघन्य अपराध नियन्त्रणका लागि कार्ययोजना बनाएरै अघि बढ्ने घोषणा तिवारीले गरेका छन् ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!