स्थानीय

कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा दिपा सुनारको अध्यक्षतामा १३ सदस्य वडा स्तरिय बाल क्लब गठन

Samayapati

 

कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा  दिपा सुनारको अध्यक्षतामा १३ सदस्य वडा स्तरिय बाल क्लबको गठन गरिएको छ। कार्यक्रमको सभापति पुर्व वडा स्तरिय बाल क्लब अध्यक्ष आरती डाँगी कोअध्यक्षतामा कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काको प्रमुख अतिथित्यतामा कर्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि खड्काले सामाजिक कुरिति कुसस्कार जिवितै रहेकाले प्रत्येक टोल टोल वडा वडामा युवा क्लब , बाल क्लब गठन गर्न जरुरी रहेको बताए । अहिले पनि गाँउमा बालविवाह ,घरेलु हिंसा, महिला हिंसा जस्ता जघन्य अपराध भईरहेका छन । ती जघन्य अपराधलाई न्यनिकरण गर्न युवा क्लब बाल क्लबको माध्यमबाट संचेतना फैलाउन उद्धेश्यले बाल क्लब गठन गरिएको बताए ।
प्रमुख अतिथि खड्काले निर्बाचित अध्यक्ष दिपा सुनार ,उपाध्यक्ष भावना खत्री ,सचिब सिर्जना वि.क.सहसचिब मनिका नेपाली ,कोषाध्यक्ष मनोज वली ,सदस्यहरु मिना रोकाय ,निर्मला चन्द, लक्ष्मी चन्द,विनिता खत्री ,विराज थारु ,दिपेन्द्र तारम मगर ,प्रतिज्ञा बस्नेत , अन्जली वली , क आरती सुनार ,ख आरती सुनार ,सपना खड्का,हरिमाया वली ,दिपिका बस्नेत लगायतलाई अबिर लगाई बधाई समेत दिएका थिए ।


प्रकाशित मिति: बुधवार, चैत्र १, २०७९, ०६:३४:००
प्रतिक्रिया दिनुहोस्