बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
स्थानीय
हरेक वर्ष डढेलोले पुर्याइरहेको क्षतिबारे सरकारी तहबाट अध्ययन सुरु गछौ ः वन तथा वातावरण मत्री दुर्गा प्रशाद थारु ।

वन डढेलो नियन्त्रण सप्ताह २०७९ आज देखि सुरु गरिएको छ । वन तथा वाताबरण मन्त्रालय लुम्बीनी प्रदेश को आयोजनामा यही चैत्र १ गते देखि ७ गते सम्म सप्ताहब्यापी रुपमा वनमा डढेलो नियन्त्रण सप्ताह सुरु गरिएको हो । वन तथा वाताबरण मन्त्री दुर्गा प्रशाद चौधरीले एक कार्यक्रमका बिच वन डढेलो नियन्त्रण सप्ताहको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री दुर्गा प्रशाद थारुले वन डढेलो नियन्त्रण गर्ने दायित्व सबैको भएको बताए । डढेलो व्यवस्थापनलाई प्रोत्साहन गर्ने वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षणका लागि सबैले आफ्नो आफ्नो क्षेत्र बाट पहल गर्नुपर्ने कुरामा जोड दिए । वनमा लाग्ने डढेलोले वनस्पति, वन्यजन्तु र जैविक विविधतामा क्षति गराउनुको साथै वायुमण्डलमा हरितगृह ग्यास बढाउँछ । नेपालमा हरेक वर्ष डढेलोले पुर्याइरहेको क्षतिबारे सरकारी तहबाट अध्ययन सुरु गरिने बताए ।
साताव्यापी सञ्चालन हुने अभियान अन्र्तगत सुरक्षा निकायबीच वन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिने, डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सचेतनामुलक बिभिन्न कार्यक्रमहरु गरिने वन तथा वातावरण मन्त्रालयका सचिब उद्रव बहादुर घिमिरेले बताए । कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल ,मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सचिब राम प्रशाद पोण्डे , प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण बन तथा बाताबरण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत केशव खड्काले गरेका थिए।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!