स्थानीय

वागेश्वरी बहुमुखी क्याम्पसद्वारा स्नातकोत्तर तह चौथो सेमेस्टरका विद्यार्थीहरुको भाईवा मौखिक परिक्षा सम्पन्न ।

Samayapati

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्नातकोत्तर तह चौथो सेमेस्टरका विद्यार्थीहरुले भाईवा मौखिक परिक्षा सम्पन्न गरेका छ्न ।

ग्र्याजुएसन स्कुल अफ एजुकेसन एम. एड. चौथो सेमेस्टर पाठ्यक्रम तथा मूल्याङकन मुल विषय लिएर अध्ययन गरेका सन २०२० मा भर्ना भएका विद्यार्थीले आफ्नो कोर्स शोधपत्र (पा.वि.के.- ५४३) को मौखिक परीक्षा सम्पन्न गरेका हुन । उनिहरु २०२० मा स्नातकोत्तर तहमा भर्ना भएका हुन । वि. सं २०४८ सालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस हुँदै पब्लिक क्याम्पसका रूपमा स्थापित वागेश्वरी क्याम्पसले ११/१२ वर्ष अगाडी देखि विभिन्न विषयमा स्नातकोत्तर तह पठनपाठन गर्दै आएको छ । केही समय देखि स्नातकोत्तर तहमा व्यवस्थापन तथा मानविकी संकायमा पनि पठनपाठन गर्दै आएको छ ।

पश्चिम क्षेत्रमा उच्च शिक्षा प्रदान गर्ने अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित गराउदै आएकोले पनि यसको गरिमा रहेको क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी वताए । कोहलपुर नगर विकसित सहरका रूपमा विकास भएको, वागेश्वरी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीले शिक्षा प्राप्त गरि देशका सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्दै आएकोले पनि यो संस्था कोहलपुरमा उच्च शिक्षा प्रदान गर्ने संस्था भएको हमालको भनाइ रहेको छ । हाल सम्म धेरै व्याच पाठ्यक्रम तथा मूल्याङकन विभागले उतिर्ण गराएको भए पनि मध्यपश्चिम विश्वविद्यालयको स्नातकोत्तर तहको दोस्रो व्याच भएको यो विषय शिक्षाको मूल विषय भएको यो अध्ययन गरेर गएका आम विद्यार्थीहरु हाल सम्म बेरोजगार नभएको निकै सक्रियता पुर्वक अध्ययन गर्ने विद्यार्थी रहेको पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले जानकारी दिए । यस क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएको सुरु भएको २०१९ को व्याचमा इशाक घलेले मध्यपश्चिम विश्वविद्यालय कुलपति पदक प्राप्त गरि विश्वविद्यालय तथा क्याम्पस एवम विभागको ईज्जत राखेकोले आफुलाई निकै खुसि लागेको प्रमुख शर्माले वताए । यस पटक पनि उक्त विषय अध्ययन गर्ने धेरै विद्यार्थीले शिक्षक सेवा आयोगमा नाम निकाल्न सकेकाले पनि विषयको गरिमा भएको वताए ।

शोध सम्पन्न विद्यार्थीको बाह्य परिक्षणमा मध्यपश्चिम विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमका उप प्राध्यापक टेक बहादुर वलि खटिएका थिए । उक्त तहको पढाइ सम्पन्न गर्न शोधपत्र लेखनको काम गरिन्छ । यस कार्यमा शोधार्थीहरु ओमकार शर्मा, कृष्ण कुमार शाही, खडानन्द डांगी, गम बहादुर डांगर, कुसुम थापा, सावित्री कुमारी चौधरी, भोजसिह बोहरा, शान्ती रावत, कृष्ण थापा, शंख प्रसाद न्यौपाने, कल्पना कुमारी वलि, प्रकाश आचार्य, तिलक बुढाथोकी र जितेन्द्र सिह सुनार रहेको शर्माले जानकारी दिए । शोधार्थी विद्यार्थीको शोध निर्देशकमा विभागी प्रमुख एकराज शर्मा, उप प्राध्यापक टेकेन्द्र कुमार महतरा, गोपिलाल शर्मा र रविद्र प्रसाद सुवेदी रहेको शर्माले जानकारी दिए । एकसय पुर्णाङकको उक्त शोधकार्यको सुरुवात भाद्र १६ गतेदेखि सुरु भएको र असोज ६ गते प्रस्तावनाको मौखीक परिक्षा भएको शोधार्थी ओमकार शर्माले जानकारी दिए ।

उनले शोधपत्र लेखन गर्दा निकै गहिराईमा पुगेर वास्तविकमा पुगि तथ्यांक संकलन निकै चुनौती भएको वताए । आफुहरुलाई सुरु देखि अन्तिम सम्म आदरणीय विभागका सबै गुरुहरुको साथ, सहयोग र हौसला मात्र होइन कहिलेकाहीँ उत्प्रेरित गराउने काम गरेकोले स्नातकोत्तर तह उतिर्ण गर्न सफल भएको विद्यार्थी कृष्ण कुमार शाहिले जानकारी दिए । अब औपचारिक पढाइ पूरा भएको उनी वताउछ्न । वागेश्वरी क्याम्पसमा स्नातकोत्तर तह प्रथम सेमेस्टरको नयाँ भर्ना भइरहेको पनि उनी वताउछ्न।


प्रकाशित मिति: बुधवार, फाल्गुन ३, २०७९, १०:२१:००
प्रतिक्रिया दिनुहोस्