नरैनापुरका अग्नि पिडितलाई संघीय सासद ढकालको सहयोगमा राहत वितरण।
स्थानीय
रुकुम पश्चिमको खोलागाउंमा वि.पि. सप्लायर्स संचालनमा।

समयपटी समाचारदाता - भगवती पोख्रेल, कोहलपुर
रुकुम पश्चिमको खोलागाउंमा वि पि सप्लायर्सको उदघाटन गरिएको छ । चौरजहारी नगरपालिका वडा नं -११ का वडा अध्यक्ष तुल्से वलिले रिवन काटेर उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रम बोल्दै उनले रुकुम पश्चिममा पेट्रोलियम पदार्थको सेवा लिन निकै सास्ती भएकोले अबका दिनमा सहज हुने वताए । उनले यहाँबाट २० कि मि टाढा चौरजहारी गएर पेट्रोलियम पदार्थ हाल्ने निकै दुख र महंगो हुने अवस्था रहेकोले अबका दिनमा सबैले सुविधा पाउने र सस्तोमा सेवा पाउने कुरामा ढुक्क भएकोले वि पि सप्लायर्सका अध्यक्ष पवित्रा पुन मगरलाई विशेष धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा शुभकामना सन्देश पठाउदै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्माले आफु सानै देखि हुर्केको, अध्यायन गरेको जन्मभूमिमा पेट्रोलियम पदार्थको सेवा लिन पाउनु त्यहाँका बासिन्दाको लागि खुसीको खवर भएको सन्देश दिए । उनले भने नेपाल सरकारको दरमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने अवसर रुकुम, सल्यान र जाजरकोट जिल्लाका मानिस मात्र होइन यातायात सन्चालन गर्ने हरेक व्यक्ति तथा संस्था लाई सुविधा दिएकोमा वि पि सप्लायर्स लाई विशेष धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा जहारी क्याम्पसक क्याम्पस प्रमुख, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम बहादुर वलि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासी बजार व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वि पि सप्लायर्सका प्रो प्राईटर पवित्रा पुन मगरको अध्यक्षतामा सन्चालन भएको प्रबन्धक भिम बहादुर पुन मगरले जानकारी दिए । कार्यक्रम माघ २२ गते सम्पन्न भएको थियो ।
इ
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!