नरैनापुरका अग्नि पिडितलाई संघीय सासद ढकालको सहयोगमा राहत वितरण।
स्थानीय
बाँकेको बैजनाथ गाउपालिका वडा नम्बर ५ मा रहेको बनकटुवा दुग्ध उत्पादन सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न ।

बाँकेको बैजनाथ गाउपालिका वडा नम्बर ५ मा रहेको बनकटुवा दुग्ध उत्पादन सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ ।
उक्त सस्थाका अध्यक्ष कुल प्रसाद पौडेलको अध्यक्षतामा भएँको कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउपालिका वडा नम्बर ५का सदस्य दिपक थापाले बनकटुवा दुग्ध उत्पादन सहकारी संस्थाको २७औं साधारण सभाको उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रमा बोल्दै थापाले यो बनकटुवा दुग्ध उत्पादन सहकारी सस्थाले दैनिक १७ सय लिटर दुध वितरण गरेकोे सस्था आजको समयमा ५०० लिटर दुध वितरण गर्दै आएकोले दुख व्यक्त गरेका छन । प्रमुख अतिथि थापाले डृग्री बढेका युबाहरुले पनि भैँसी पालन गरेर दुध उत्पादन गरी लाखौ पैसा कमाई गरेकोे पनि बताए यसका साथै आजको युगमा सो सस्थाले धेरे युवाहरुलाई स्वरोजगार बनाउने काम गरिरहेको बताए ।
सहकारी पद्धतिमा आधारित उद्योग ब्यवसायको स्थापना गरी देशको आथिक तथा सामाजिक बिकासमा योगदान पुर्याउने उद्येश्यले स्थापना गरिएका सहकारीहरुले आफ्नो उद्येश्य र आफ्नो लक्ष्य अनुरुप काम गर्न आग्रह गरे । यस्तै सहकारीका अध्यक्ष कुल प्रसाद पौडेलले यो बनकटुवा दुग्ध सहकारीले गरेका कामको प्रगति प्रतिबेदन सहितको विवरण पनि सबैका सामु प्रस्तुत गरेका थिए भने लेखा संयोजक सन्त कुमार बिकले यो सस्था ले वार्षिक ५ करोडको हाराहारिमा आगामी वर्षमा आम्दानी गर्ने लक्ष्य रहेको बताए।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!