नरैनापुरका अग्नि पिडितलाई संघीय सासद ढकालको सहयोगमा राहत वितरण।
स्थानीय
जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु ।

कोहलपुर २६ मंसिर-
जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बलेरो जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा रहेको भिरपाटीमा सडकबाट करिब ५ मिटर तल खस्दा ११ जनाको मृत्यु भएको हो । प्रहरीकाअनुसार दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलहमा बिरामी लिन जाने क्रममा जिप दुर्घटनामा परेको थियो ।
जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा भगवती माई गाउँपालिका–२, दैलेखका मानबहादुर राउत, सोही गाउँपालिका–३ का वीरेन्द्र केसी, अम्बरबहादुर खड्का, छेडागाड नगरपालिका–६, जाजरकोट का वीरबहादुर खत्री, जयकुडा बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, दीपक अधिकारी, देवीसरा बुढा, अम्बर अधिकारी र निशा अधिकारी रहेका छन। अध्ययनहरूले नेपालमा सवारी दुर्घटनाको प्रमुख कारण चालकको कमजोरीपछि सवारी साधनको अवस्था, सडकको गुस्तरमा कमी भएँको हुुँदा यस्ता दुर्घटना हुने गरेको देेेेखिन्छ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!