स्थानीय

सिराहामा मतपेटी खोसा- खोस गर्दा गोली चल्यो।

Samayapati

सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर  ६ को जनता मावि बडहरामाल बुथमा गोली चलेको छ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएँपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए ।


प्रकाशित मिति: आइतवार, मंसिर ४, २०७९, ०२:२०:००
प्रतिक्रिया दिनुहोस्