स्थानीय

दिब्य बहुउदेश्यीय सहकारी संस्थाकोे १४ औ वार्षिक साधारणसभा सम्पन्न ।

Samayapati

कोहलपुर ११ बाँकेमा अवस्थित दिब्य बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो १४ औ वार्षिक साधारणसभा भब्य समारोहका विच आज कोहलपुरमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिती एवम लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष तथा जिल्ला सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम सुवेदि र संस्थाका अध्यक्ष राम प्रसाद शर्मा न्यौपानेले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन शत्रमा बोल्दै प्रमुख अथिती सुवेदिले सहकारी भनेको एउटा व्यवसाय हो व्यवसायलाई निरन्तर रुपमा अगाडि बढाउन सवैको हातेमालोको आवश्यकता रहन्छ त्यसैले वचत गर्ने बानीको विकास गर्दै सहकारीलाई टिकाउ बनाउन र समुदाय केन्द्रीत बनाउने कुरामा जोड दिनुभयो । आर्थिक वर्ष २०७८÷७९मा भए गरेका कार्यक्रम र प्रगती बारेमा संस्थाका अध्यक्ष,सचिव र लेखा समितीका संयोजकले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको प्रतिबेदनमा आर्थिक वर्ष २०७८÷७९मा यस संस्थाले १४ करोड ४ लाख ३ हजार ५सय ६५रुपैया ४७ पैसाको कारोबारो गरेको छ । यस्तै हरेक वर्ष हुने वार्षिक साधारणसभाबाट यस सहकारी संस्थाले जेष्ठ नागरिक बचत कर्ता सयर सदस्यहरुलाइ सम्मान गर्दै आएको छ ।


प्रकाशित मिति: शनिवार, कार्तिक १९, २०७९, ०५:२४:००
प्रतिक्रिया दिनुहोस्