स्थानीय

भरतपुर महानगरपालिकामा रेनु दाहाल ३७ मतले पछाडि ।

Samayapati

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ३७ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १ सय ८१ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १ सय ४४ मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार सात सय ५३ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ४ हजार ८ सय २८ मत पाउनु भएको छ ।


प्रकाशित मिति: सोमवार, जेठ २, २०७९, ०२:०९:००
प्रतिक्रिया दिनुहोस्