स्थानीय

कोहलपुरको बिकासका लागि यस्ता छन् ः मेयरका बलिया उम्मेदवार गोपाल गिरिका योजना ।

Samayapati

        २०३५ साल देखि निरन्तर रुपमा राजनितिमा सक्रीय रहेका गोपाल गिरी नेकपा एमाले बाट कोहलपुर नगरपालिकाको मेयर उमेदवारका लागि सिफारिस भएका छन् । बाँकेको कोहलपुर न्युरोड बस्ने गोपाल गिरीले आफ्नो राजनितिक यात्रा २०३५ सालमा तत्कालिन नेकपा मालेको भातृसंगन अनेरास्वबियु बाट सुरु गरेका हुन् ।
युवा बिद्यार्थी बाट राजनितिक यात्रा सुरु गरेका गिरीले एमालेको वडा , गाउँपालिका , इलाका र जिल्ला प्रदेश कमिटिको सदस्यको रुपमा रही आफ्नो बिभिन्न जिम्मेवारीहरु निबार्ह गदै आइरहेका छन् । २०५० साल देखि कोहलपुरमा बस्दै आएका गिरीले गाउँ , इलाका ,सचिब भई कुशलता पुर्वक आफ्नो जिम्मेवारी पुरा पुरा गरेका थिए ।
जनआन्दोलन २ को सात दलले प्रदान गरेको सातैदलको स्वयमसेवकको संयोजक भई जिम्मेवारी पुरा गरेका गिरीले बाँके जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा नेकपा एमाले जितेको र त्यो समयमा कुशलता पुर्वक जिम्मेवारी पुरा गरेका थिए ।

                           बर्दिया र बाँके जिल्लाको ठुला आन्दोलन संघर्ष र निर्वाचनहरुमा सक्रीयापुर्वक नेतृत्व र जिम्मेवारी पुरा गरेका गिरी नेकपा एमाले बाट कोहलपुर नगपालिकाको मेयरका बलिया उमेदवार हुन् । २०६२ ÷०६३को जन आन्दोलनमो कोहलपुर क्षेत्रमा आन्दोलनकारी सात दलको तर्फबाट स्वयम्सेवकको संयोजक भई काम गरेका थिए ।४२ वर्षदेखि निरन्तर माले हुँदै एमाले मै क्रियाशील गिरी कार्यकर्ताहरुबिच ईमान्दार र निष्ठावान नेताको रुपमा परिचित गिरीले भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्यको रुपमा समेत काम गरेका छन् । भुमि आयोगको सदस्य रहेका काम गर्दा उनले बाँके जिल्लाका ५ ओटा पालिकामा नापि सुरु गरि कोहलपुर नगरपालिका वडा न १ मा १६ सय ८५ कित्ता नापि गरेर जनताको जग्गा नापि दिन ठक्क समेत पारेका थिए । अहीले स्थानिय तहको निबार्चन निर्बाचित भएमा आफ्नो अधुरो रहेको भुमि सम्बन्धि समस्या समाधान गर्ने उनको सपना छ ।  

यस्ता छन् कोहलपुरको बिकासका लागि गोपाल गिरीका योजना ?


समुन्नत कोहलपुरको भौगोलिक प्राकृतिक तथा मानब संसाधनको उचित तथा उपयुक्त प्रयोग गरी कोहलपुर नगरपालिकालाई भौगोलिक मात्र नभई क्षेत्र नम्बर ५ ,६ र ७ को समेत प्रमुख ब्यापारिक केन्द्रको रुपमा बिकास गर्ने ।

कोहलपुर क्षेत्रलाई कृषि ,यातायात शिक्षा ,पर्यटन तथा औद्योगिक केन्द्रको रुपमा रुपान्तरण गरी अन्य भुभाग भन्दा उत्कृष्ट क्षेत्रको रुपमा स्थापित गर्ने ।


सम्वृद्ध जिबनको लागि आर्थिक बिकास गर्न सामाजिक , भौगोलिक बिकास गदै वातावरणिय समस्याहरुलाई रोक्ने ।


असल शासन योजना बनाई त्यसलाई अल्पबिकसित तथा दिर्घकालिन रुपमा योजना बनाउने सम्भाबित आधारमा शिर्घ आर्थिक बिकासको योजना बनाउने ।
कोहलपुरको पर्यटन बिकास का लागि बाँके राष्टिय निकुन्जलाई आधार बनाएर प्रर्यटकको केन्द्र स्थापना गर्ने ।


कोहलपुर क्षेत्रलाई पर्यटकको केन्द्र बनाउने नेटवसकंड.को ब्यबस्थागरी आन्तरिक तथा बाह्य पर्यटकलाई मनमोहक अबस्था निमार्ण गर्ने ।


बेरोजगार युवा युवतीहरुलाई बिभिन्न किसिमका तालिमको ब्यबस्था गरी स्वरोजगार तर्फ अभिप्रेरित गर्ने ।

युवाहरुको चाहना अनुरुप रंगशालाको निमार्ण गर्ने । ढल निकासको समुचित ब्यबस्थापन गर्ने ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउँदै गरिब र बिपन्न जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने । सबै बालबालिकालाई शिक्षाको अबसर प्रदान गर्नका लागि बिज्ञहरुको सुझाब आधारमा उपयुक्त मापदण्ड निर्धारण गरी छात्राबृत्ति, साइकल , पोशाक, साइकल, पाठ्यसामाग्री लगायत बिभिन्न अभियान सञ्चालन गर्ने ।

 

 

 

 


प्रकाशित मिति: शुक्रवार, बैशाख २, २०७९, ०४:३०:००
प्रतिक्रिया दिनुहोस्