स्थानीय

हेल्थ डेस्कका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित ।

Samayapati

भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा जमुनाहा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् ।

हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । नाकाको हेल्थ डेस्कका खटिएका चिरिञ्जवी ज्ञवालीले सेवा प्रदान गर्न समस्या भएको बताए ।

पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाहा नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसँगै नेपालमा कोरोना संक्रमणको जोखिम समेत बढेको छ । नाकामा पुस १९ गतेदेखि ३० गतेसम्म ३३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मिति: आइतवार, माघ २, २०७८, ०६:३८:००
प्रतिक्रिया दिनुहोस्