वैदिक परम्पराअनुसार सम्पन्न मष्टा देवताको नित्य पूजा विधि!
स्थानीय
दाङमा एकैरातमा ११ पसलमा चोरी ।

दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ । तुलसीपुर बजारको सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएको छ ।चोरले पौडेल किरान पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्रोनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: आइतवार, माघ २, २०७८, ०२:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!















