स्थानीय

बसोबास महीला बचत तथा श्रण सहकारी संस्था लिमिटेड कोहलपुरको १५ औ सधारण सभा सम्पन्न

Samayapati

बसोबास महीला बचत तथा श्रण सहकारी संस्था लिमिटेड कोहलपुरको १५ औ सधारण सभा सम्पन्न गरिएको छ । प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदी रहनुभएको थियो ।

बसोबास महीला बचत तथा श्रण सहकारी संस्थाका प्रमुख व्यवस्थापक ओमजङ्घ शाही र व्यवस्थापक शोभा गुरुङ्घका अनुसार यस बर्ष ९ करोड ७६ लाख ५ हजार २ सय ४६ रुपैया बराबरको कारोबार गरेको बताउनुभयो । बसोबास महीला बचत तथा श्रण सहकारी संस्थाले कोहलपुरका ६१५घरधुरी भुमिहीन र सकुम्बासीहरुलाई सेवा दिदै आईरहेको छ । आर्थिक रुपमा पछाडि पारिएका समुदायका महीलाहरुको जिबन स्तर सुधारका लागि बसोबास महीला बचत तथा श्रण सहकारी संस्था लिमिटेडले बिभिन्न योजना तथा कार्यक्रमहरु बनाएर अगाडि बढिरहेको अबस्था छ । संस्थाकी अध्यक्ष गिता वली क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा शेयर सदस्यहरु बैजनाथ गाउँपालिका वडा न ४ का वडाध्यक्ष काली बहादुर सिँह, सहकारी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष एकता शाह,जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाँकेकि उपाध्यक्ष नारायणी घिमिरे लगायतको सहभागिता रहेको थियो ।

साथै कार्यक्रमको सहजीकरण सो सस्थाकी सचिब केश कुमारी भण्डारीले गर्नुभएको थियो।


प्रकाशित मिति: आइतवार, माघ २, २०७८, ०१:३८:००
प्रतिक्रिया दिनुहोस्