स्थानीय

जातीय भेदभाब तथा छुवाछुत बिरोध अन्र्तक्रीया कार्यक्रम बैजनाथमा सम्पन्न ।

Samayapati

जातीय भेदभाब तथा छुवाछुत बिरोध अन्र्तक्रीया कार्यक्रम बैजनाथमा सम्पन्न गरिएको छ । दलित महीला संगठनको आयोजनामा उक्त अन्र्तक्रीया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य दल बहादुर सुनारले नेपाल र नेपाली जनतामा छुवाछुत कलंकका रुपमा रहेको भन्दै दलित समुदाय लाई अब शिक्षामा लगानी गर्न,संगठित हुन र संघर्ष गर्न आव्हान गर्नुभयो । सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्र राष्ट्रियता बलियो बनाउने भन्दै विभेदपुर्ण सामाजिक जीवनले नेपालको भविष्य अन्धकारमय बनेको दावी गर्नुभयो। समुदाय बाटै जातीय छुवाछुतको जरा काट्नुपर्ने सुनारले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै दलित महीला संगठन केन्द्रिय अध्यक्ष सरु सुनारले जातकै कारणले दलित समुदाय बिभेद भोग्नु परेको बताउनुभयो । अन्र्तजातीय बिबाह गर्दा दलित समुदायले ज्यान गुमाउनु परेको र दलित समुदायका युवा युवतीको हत्याका घटना डरलाग्दो रहेको बताउनुभयो । बिगत लामो समय देखी दलितसमुदायको हक अधिकार , र जातीय छुवाछूत र बिभेदका घटना , बिगट जिल्ला र गाउँ बस्तीमा पुग्दा त्यहाँका समुदाय , संस्कार , परम्परा र बिभेदलाइ नजिकबाट नियालेको र आफैले पनि धेरै जातीय बिभेद भोग्नु परेको बताउनुभयो । दलित भित्र पनि सबैभन्दा बढी जातीय छुवाछूत र विभेद र हिंसा दलित महिलाले नै भोग्नु परेको तर दलित महिलाको मुद्दामा सरकार मौन रहेको भन्दै दलित अधिकारकर्मी सरु सुनारले दलित महिला सगठित हुनुको विकल्प नरहेको बताउन’भयो । अहीले पनि राज्यका हरेक निकायहरुमा दलित समुदाय तथा दलित महीलाको प्रतिनिधत्व कम हुने गरेको बताउनुभयो । दलित महिला माथि हत्या , बलात्कार र हिंसा चरम हुँदा पनि दलित महिला भएकै कारण न्याय नपाएका घटनाहरु अहीले थुप्रै भएकाले आफ्नो हक अधिकारका लागि अब दलित समुदाय अग्रसर हनुपर्नेमा सुनारले जोड दिनुभयो ।

 

 

 


प्रकाशित मिति: बिहिवार, मंसिर १६, २०७८, ०४:३५:००
प्रतिक्रिया दिनुहोस्