स्थानीय

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाले पनि समर्थन गर्‍यो ।

Samayapati

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको पक्षमा २२ सांसदले मत दिएका छन् । मुख्यमन्त्री शाहीलाई राप्रपाले पनि विश्वासको मत दिएको छ । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन नगरेको राप्रपाले अहिले कांग्रेस नेतृत्वको सरकारलाई भने समर्थन गरेको हो ।

शाहीलाई माओवादी केन्द्र का १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० तीन दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री शाही गएको कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अहिले ३५ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सदस्य रहेका छन् ।


प्रकाशित मिति: बुधवार, मंसिर १५, २०७८, ०४:३२:००
प्रतिक्रिया दिनुहोस्