स्थानीय

कोहलपुर नगरपालिकाको शैक्षिक उपलब्धि र भावी योजना बारे पत्रकार सम्मेलन

Samayapati

कोहलपुर कार्तिक १४ आइतबार

           कोहलपुर नगरपालिकाको शैक्षिक उपलब्धि र भावी योजना बारे पत्रकार सम्मेलन गरीएको छ । सम्मेलनमा बेल्दै कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले बाँके जिल्लामा शिक्षा क्षेत्रको विकास मापदण्ड अनुसार नभएको बताउनुभएको छ । नगर प्रमुख रावतले शिक्षामा आमूल परिवर्तन गर्नाका लागि नगरपालिकाले विशेष गुरुयोजना संचालन गरेको बताउनुभयो ।

             नगरपालिकाका २७ वटा माध्यमिक तहमा दरबन्दी मिलान गरिएको र अब १ वटा माध्यमिक तहमा दरबन्दी मिलान गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।माविको शिक्षक दरबन्दी मिलान नगर्नका लागि राजनितिक दबाव समेत आफुले झेल्नु परेको र हाल सम्म २७५ शिक्षकहरु दरबन्दी मिलान गरिएको समेत उहाँले दाविगर्नुभयो । शिक्षा क्षेत्रको सुधार ल्याउन नगरको प्रयास माथी नै राजनितिक दबाव र अदालतमा मुद्धा समेत नगरले खेप्नु परेको उहाँले बताउनुभयो । आधारभूत तह सम्म निशुल्क शिक्षा लागु गरिएको र क्रमिक रुपमा उच्च मावि सम्म निशुल्क शिक्षा प्रदान गर्ने नगरको योजना रहेको पनि नगर प्रमुख रावतले बताउनुभयो ।

              कार्यक्रममा शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले नगरको शिक्षा सुधारका लागी जिल्लामा नै पहिलो साक्षर नगरपालिका घोषणा गर्न सफल भएको हुदाँ संघिय सरकार बाट ५० लाख रुपैया पुरुस्कार प्राप्त गरिएको जानकारी गराए ।कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख रबिन्द्र खड्का समाजिक विकास समितिका संयोजक नारायणी वली लगाएत पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतवार, कार्तिक १४, २०७८, ०५:५८:००
प्रतिक्रिया दिनुहोस्