स्थानीय

कर्णाली नदीमा पानीको सतह बढेर बर्दियाका केही बस्तीमा पस्यो ।

Samayapati

कर्णाली नदीमा पानीको सतह बढेसँगै बर्दियाका केही गाउँमा पानी पसेको छ । बर्दियाका राजापुर नगरपालिकाको वडानम्बर १ का चउरा र तिहुँनी, गेरुवा गाउँपालिकाका वडानम्बर २ को राजीपुर र वडा नम्बर ३ को लोहारपुर, संकटी र बंकटीमा पानी पसेको हो ।

नदीमा पानीको सतह ११ दशमलव ७० पुगिसकेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जानकारी दिएको छ । उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारीमा जुटीरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बस्तीमा पानी पसेका गाउँका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ । साथै आवश्यक उद्धार र सुरक्षित क्षेत्रतर्फ लैजानलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सहयोग गरीरहेको शाखाका सभापति कृष्ण गौतमले जानकारी दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, कार्तिक २, २०७८, ०३:४१:००
प्रतिक्रिया दिनुहोस्