बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा सम्पन्न।
स्थानीय
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम आज सम्पन्न ....
"दिगो शान्तिका लागि उन्नत सम्बन्ध"भन्ने मूल नाराका साथ प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा अष्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनको सहयाेग र भजनी नगरपालिका,जोशीपुर गाउँपालिका कैलाली को संयुक्त समन्वयमा मिति २०७८ साल असोज १३ देखि २० गते सम्म संचालन भएको सो मेलमिलाप सम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ। असोज १३ गतेदेखि २० गतेसम्म संचालन गरिएको तालिममा कैलाली भजनि नगरपालिका, सोही जिल्ला जोशिपूर गाउपालिका र बाँकेको जानकी गाउपालिकाका गरी जम्मा ४३ जना मेलमिलापकर्ताहरुको सहभागी रहेको थियो।
उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिका नगरप्रमुख शेर बहादुर चौधरी, विशिष्ट अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष राम कृष्ण चौधरी र गाउँपालिका उपाध्यक्ष गिता कठरिया प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा,द एसिया फाउन्डेसनका सुदुरपश्चिम प्रदेश संयाेजक यज्ञ मान सेठी लगायत को उपस्थिती रहेको थियो।
बर्दियाको ठाकुरद्वारा स्थित रिभर साईड भ्यु पार्क रिसोर्टमा संचालन भएको मेलमिलाप सम्बन्धी ८ दिवशिय (४८ घण्टा)आधारभूत तालिमका प्रमुख प्रशिक्षक रमिला कुमारी होमागाई सहायक प्रशिक्षकको रुपमा उपेन्द्र तिमल्सिन,नेत्र प्रसाद धिताल, लोक बहादुर थापा र रोहित चौधरी यसै गरि प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपाल मेलमिलाप कार्यक्रम टिमका कैलाली जिल्ला समन्वयकर्ता गिता गड्तोलाले तालिमको व्यवस्थापन गर्नु भएको थियो।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!