स्थानीय

जानकीमा ४२ औ सामाजिक सेवा दिवस मनाइयो ।।

Samayapati

जानकी अशोज ६ बुधबार

४२ औ सामाजिक सेवा दिवस बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सोहि अवसरमा जानकी गाउपालिकामा समाजमा हुने विकृति विसंगती र विभिन्न कारण घटाईने घटनाहरुलाई न्युनीकरण गर्न सवै एकजुट भएर लाग्न प्रेरित गर्दै विकृति विसंगती अन्त्यका लागी लेखिएका चेतना मुलक नाराहरुको प्लेकार्ड सहित दवावमुलक ¥याली निकालिएको छ । बालविबाहा गैरकानुनी रुपमा अपराध हो, बालबालिकाहरुलाई पढ्ने अवसर दिलाऔ भविश्यका लागी आधार बनाऔ, र हामी सवै ऐक्यबद्ध होऔ बालविबाहा विरुद्ध कम्मर कसौ भन्ने लगाएतका नारा उल्ल्ेख गरीएको थियो । सार्वाङगिण विकासका लागी महिला तथा बालवालिका संसक्तीकरण परीयोजना अन्तरगत त्रिवेणी विकास समाजद्धारा आयोजना गरीएको ¥याली जानकी गाउपालिकाको वडा न ३ मानपुर हुदै गाउँपालिका कार्यलयमा पुगेर कोण सभामा परीणत भएको छ । कोणसभालाई सम्बोधन गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले समाजमा हुने कुरीती अन्तयका लागी यस संस्थाले उठाएका आवाज जायज भएको र यस्ता आवाजलाई वुलन्द पार्दै अगाडि बढ्न हामी सवैको दाहित्व भएकाले यस्ता खाले कार्यक्रममा आउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा वडा स्तरीय बाल क्लव, किशोरी क्लव, साथी सिक्षक समिती, विद्यार्थी, शिक्षक, जनप्रतिनिधी, त्रिवेणी विकास समाजका पतिराम थारु, मिश्रीलाल यादव र अशोक यादव लगाएतको उल्लेखनिय सहभागीता रहेको थियो ।


प्रकाशित मिति: बुधवार, आश्विन ६, २०७८, ०४:२६:००
प्रतिक्रिया दिनुहोस्