२२औँ राष्ट्रिय धान दिवस कोहलपुरमा भब्यरुमा सम्पन्न, महिलाको हातले खेत, आत्मनिर्भरताको बीउ रोपिँदै।
स्थानीय
प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा जिल्ला स्तरिय सल्हाकार समितिको बैठक सम्पन्न ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरिय सल्हाकार समितिको बैठक नेपालगन्जमा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो । उक्त बैठकमा सम्वाद र छलफल मार्फत बिवाद समाधान गर्नुपर्नेमा जोड दिइएको थियो । प्राकृति श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले बिगत लामो समय देखि प्रकृति संग सम्बन्धि विवादहरु समाधानका लागि छलफल गदै आएको छ । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले ४ ओटा मुद्धामा छलफल गर्ने योजना बनाएको र हाल सम्म ३ ओटा मुद्धामा दुबै पक्षलाई राखेर छलफल गराएर समाधान तर्फ लागेको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बाँके जिल्ला संयोजक रोहित चौधरीले बताउनुभयो । जिल्ला स्तरिय सल्हाकार समितिको बैठकमा सिचाई महासंघका अध्यक्ष सालिकराम डाँगी , जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धिताल , डिभिजन वन कार्यालय बाँकेका अधिकृत रमेश बुढाथोकी , अधिबक्ता युग बहादुर गुरुड. , कृष्ण प्रशाद ढकाल लगायतको सहभागिता रहेको थियो ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!