स्थानीय

पिडितको न्यायका लागी सारथी बन्दै प्राकृतिक द्वन्द्व रुपान्तर केन्द्र नेपाल......

Samayapati

बैजनाथ गाँउपालिका वार्डन ६ लालपुरमा प्राकृतिक दृन्द्ध रुपान्तर केन्द्र नेपालको सहयोग र माकुरा समुहको आयोजनामा दिगो शान्तीका लागी उन्नत सम्बन्ध भन्ने मुल नाराका साथ साझा सवाल पारितका लागी सयुक्त बैठक खाट विधिबाट सम्पन्न भएको छ ।

कार्यक्रममा बैजनाथ गाँउपालिका उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथी शारदा रे्रग्मी विकले ब्यानर वाचन गदै पिडीत पक्षले न्याय पाउने जिकिर गर्नुभयो । उक्त खाट विधिबाट छलफलका लागी पिडित पक्ष ,गौथली सामुदायिक बन ,न्यु हरियाली सामुदायिक बन का प्रतिनिधिहरुको विचमा छलफल चलाइएके थियो । नर बहादुर भन्डारी परिवार २०२८सालमा सल्यान बाट बसाई सराइ गरिसाविक बनकट्टवा गाविस वडा ९ हाल बाँके बैजनाथ गाउपालिका वडा न ६ मा बसोबासस गर्नुभएको थियो । बसोबास गर्दै जाँदा सरकारले २०३८ सालमा नापी गर्दै भन्डारी र बुढाथोकी परिवार लाई लालपुर्जा वितरण गरेको थियो । वडा न६स्थित नर बहादुर भन्डारी का नाममा लालपुर्जा रहेको जग्गा साविक नेपालगन्ज वन विकास परियोजनाले २०४८र४९ सालमा बृक्षारोपण गरिदियो । २०५८ सालमा सरकारले आफ्नो जमिन हाल गौथली सामुदायिक वनमा परेको गोविन्द बहादुर बुढाथोकी ,दिल बुढाथोकी ,महावीर बुढाथोकी ,देउसरी बुढाथोकी का नाममा रहेको जग्गा वनले अतिक्रमण गरि बृक्षारोपण गरेको थाह पाउनु भयो  ।जमिनको कर तिर्दै आएपनि जमिन उपभोग गर्न नपाए पछि २०७०/९्/१८ गते भन्डारी परिवार र कुढाथोकी परिवारले नकुल खड्का लाई वारेस नामा मार्फत जिल्ला अदालत मा मुद्दा हाल्यो । जिल्ला अदालत हुदै उच्च अदालतले २०७१साल /१/२८ गते बाँके जिल्ला वन डिभिजन कार्यालय लाई दोषि ठहर गर्दै जग्गाको स्वामित्व भन्डारी परिवार र बुढाथोकी परिवारलाई भोगचलन गर्न दिन आदेश गरेको थियो ।साथै रूख उठाउने आदेश भने दिएन ।भन्डारी परिवार र बुढाथोकी परिवारको जमिनमा दुई सय २३ वटा रूख भोगचलन गर्न पाएका छैनन् ।अब अदालतले न्याय दिएको पनि ८ वर्ष पुगेको छ। तर सरकारले तत्कालीन समयमा नक्सा सिलबन्दि गरिदियो समाजसेवी वन महासंघ का केन्द्रीय सदस्य नन्द विस्वकर्माले भन्नुभयो । डिभिजन वन कार्यालय मार्फत रूख हटाउन सबै स्थानीय सरोकारवालाहरूको पहल हुनु पर्ने विस्वकर्माले बताउनुभयो ।

उक्त कार्यक्रम बन उपभोक्ता महासंघ का अध्यक्ष दिल विश्वकर्मा ,गौथली सामुदायिक बनका अध्यक्ष गंगा विश्वकर्मा, प्राकृतिक दृन्द्ध रुपान्तर केन्द्र नेपालका ज्रिल्ला संयोजक रोहित चौधरी , माया गौतम स्थानिय सामुदायिक बनका सदस्य लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८, ०५:०३:००
प्रतिक्रिया दिनुहोस्