स्थानीय

कोहलपुरमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न ।

Samayapati

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति कोहलपुर नगरपालिकाको आयोजना तथा यूएसआईडि, माईति नेपाल, यूकेआईडी र विनरक ईन्टरनेशनलसँगको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रममा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि कार्यविधि निर्माण भई पास गरी कार्यान्वयन भई रहेको बताउनुभयो । साथै वडा स्तरमा समेत वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिहरु गठन भई विभिन्न कामहरु गरि रहेको बताउनुभयो । कोहलपुर नगर मानवबिखनको उच्च जोखिममा न्यूनिकरण गर्नका लागि विभिन्न संघसंस्थाहरु सँगको सहकार्यमा कामहरु गरिरहेको बताउनुभयो ।कार्यक्रममा बोल्दै कोहलपुर नगर कार्यपालिका सदस्य भिम बहादुर नेपाली महिला तथा बालबालिका क्षेत्रका काम गर्नका लागि आवश्यक बजेट छुट्याइएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले प्रहरीले बेखबिखनमा परेका महिला तथा बालबालिकाहरुको खोजि अभियान नै चलाएर केहि काम गरिएको बताउँदै बालबालिका तथा महिलाको उद्धारका लागि प्रहरीलाई सबैले साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण माईति नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख केशव कोइरालाले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८, ०३:२९:००
प्रतिक्रिया दिनुहोस्