स्थानीय

कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु ।

Samayapati

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । राजमार्गको छेउबाटै मान्छेलाई बाघले झम्टेर लगेको स्थानियहरुले बताएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । ‘मान्छेलाई मारेको बाघको जोडी अहिले पनि घटनास्थल छेउछाउमै छ,’ उनले भने, ‘बाघले थप क्षति नगरोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं ।’ निकुञ्ज स्रोतका अनुसार बाघ नियन्त्रणमा लिन निकै चुनौती छ । दुई वटा बाघ एकै ठाउँमा भएका कारण नियन्त्रणमा लिन चुनौती भएको हो । बाघले मारेका ती ब्यक्तिको भने अझै नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार आइतबार दिउँसो बाघ गाभर गाउँ नजिकै आएर कराएको र दुई दिनअघि पनि गाउँमै पसेर दुई वटा बाख्रा र बाच्छो मारिदिएको थियो । बाघले मान्छे मारेपछि निकुञ्ज र राजमार्गको सुरक्षा कडा पारेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार निकुञ्जको पोष्टबाट आर्मीले मोटरसाईकल लगायत साना सवारी साधनलाई एक्लै हिँड्न दिएको छैन, नेपाल प्रहरीले पनि कुसुम लगायत स्थानमा समूहमा मात्र सवारी साधनलाई हिँड्न दिएको छ ।


प्रकाशित मिति: सोमवार, भदौ २८, २०७८, ०२:१५:००
प्रतिक्रिया दिनुहोस्