स्थानीय

कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते ।

Samayapati

लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् ।

पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका ४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ४ का ८० र वडा नम्बर ७ का ५८ घर डुबानमा परेका हुन् । डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताए ।

कर्णाली नदीको बहावले टीकापुर नगरपालिका ५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ।


प्रकाशित मिति: शुक्रवार, भदौ ११, २०७८, ०१:१३:००
प्रतिक्रिया दिनुहोस्