स्थानीय

कालो ढुसी को सङ्क्रमणबाट सेती अस्पतालमा एक जनाको ज्यान गयो ।

Samayapati

जेष्ठ १९

कैलालीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसी म्यूकरमाइकोसिस को सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । कालो ढुसीको सङ्क्रमणका कारण ज्यान गुमाउनेमा कैलालीको बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीय पुरष रहेको अस्पतालले जनाएको छ । जेठ १७ गते भर्ना भइ पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि ती पुरुषको आज बिहान ७ बजे ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । कालो ढुसीको सङ्क्रमणले बिरामीको आँखाबाट प्रवेश गरी शरीरका स्नायुमा आक्रमण गर्दै ज्यान नै जाने गराउने श्रेष्ठले बताउनुभयो ।


प्रकाशित मिति: बिहिवार, जेठ २०, २०७८, ०४:३०:००
प्रतिक्रिया दिनुहोस्