स्थानीय

भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित ।

Samayapati

बैशाख १५

भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अस्पताल प्रशासनका अनुसार अस्पतालमा कार्यरत सात जना चिकित्सकसहित ७० स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका हुन् । ओटी, इमरजेन्सी, पारामेडिक र आईसीयूमा कार्यरत स्वास्थयकर्मी , इमरजेन्सी वार्डमा कार्यरत सात जना चिकित्सक संक्रमित भएका हुन् । कोरोना बाट संक्रमित स्वास्थ्यकर्मीहरुलाई अस्पताल नराखिएको डा प्रकाश थापाले जानकारी दिनुभयो । गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् ।अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् । जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा छन् । उक्त अस्पतालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।


प्रकाशित मिति: बुधवार, बैशाख १५, २०७८, १२:०२:००
प्रतिक्रिया दिनुहोस्