"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"
स्थानीय
सुदूरपश्चिममा भारतबाट फर्किएकामा गरिएको परीक्षणमा झण्डै १० प्रतिशतलाई कोरोना पुष्टि ।
चैत्र २९
सुदूरपश्चिममा भारतबाट फर्किएर परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट घर फर्किएकाहरूमध्ये तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो कुल परीक्षणको झण्डै १० प्रतिशत रहेको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिनुभयो । जनशक्ति र अरू व्यवस्थापकीय अभावका कारण सबैको परीक्षण सम्भव नभएको पनि उहाँले बताउनुभयो । दैनिक पाँच सयभन्दा धेरै मानिस फर्कने गरेकोले उनीहरू सबैको परीक्षण सम्भव नहुने र परीक्षण गराएकामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिने गरेको साउदले बताउनुभयो ।उहाँले भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण विनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था फेरि आएको बताउनुभयो । अहिले भारतमा सङ्क्रमण दर बढी देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका बासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।सुदूरपश्चिमसँगै देशका अरू नाकाबाट फर्कनेहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको छ । शनिवार ९हिजो० देशभरिकै कुल परीक्षणमा पनि झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारी जटिल अवस्थामा पुगेको मानिन्छ ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!