स्थानीय

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न

Samayapati

पुस १०, कोहलपुर ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सुसम्पन्न भएको छ ।सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८को लागि लेखा परीक्षकको नियुक्ति, आगामी कार्ययोजना प्रस्तुत भई सबै प्रस्तावहरु सर्वसम्मतिले पारित भएको थियो ।
अहिले संस्थाको चुक्तापूँजी ९ करोड ६८ लाख २० हजार रहेको र आ.ब.२०७५÷०७६को खुदनाफा ४ करोड ८ लाखको वित्तीयविवरण प्रस्तुतगरिएको थियो । संस्थापक शेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्षश्री काली प्रसादचौधरी र कार्यकारी निर्देशकडा.गोपालदहितले सरल र सहज रुपमास्पष्टपार्नु भएको थियो । दशजिल्लाकार्यक्षेत्र रहेको यस वित्तीय संस्थालाईछिट्टै राष्ट्रिय स्तरको लघुवित्तवित्तीय संस्थाबनाउने र ग्राहक मैत्रीलघुवित्त सेवाविस्तार गर्ने योजनाका साथदोश्रो साधारण सभा सम्पन्नभएको छ । यस सभामा ९०प्रतिशत शेयर संख्याको उपस्थिति रहेको थियो । साधारण सभा संस्थाकाअध्यक्षश्री काली प्रसादचौधरीज्यूको सभाध्यक्षतामाभएकोथियो भने कार्यक्रममा सञ्चालक समितिका सबै सदस्यहरु, कार्यकारी निर्देशकडा. गोपालदहित, चार्टर्ड एकाउन्टेन्ट र संस्थापक शेयरधनी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 


प्रकाशित मिति: शुक्रवार, पुष १०, २०७७, ०४:३०:००
प्रतिक्रिया दिनुहोस्