स्थानीय

प्राकृतिक स्रोत द्धन्द्ध रुपान्त्तरण केन्द्र नेपालको आयोजनामा जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम जिल्ला सम्वन्य समिति बाँकेमा सम्पन्न.....

Samayapati

समयपाटी संवाददाता 

मंसिर ९ मंगलबार 

प्राकृतिक स्रोत द्धन्द्ध रुपान्त्तरण केन्द्र नेपालको आयोजनामा जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम जिल्ला सम्वन्य समिति बाँकेमा सम्पन्न गरिएको छ ।

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूलनाराका साथ प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा छैठौं चरण दिगो बृद्धि कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी आज मँसिर ९ गतेका दिन बाँके जिल्ला समन्वय समिति का प्रमुख अजय कुमार श्रीवास्तव ज्यु को सभाध्यक्षमा सम्पन्न भएको छ।कर्यक्रमको औपचारिक सहजीकरण संचालन राष्ट्रिय स्रोत ब्यक्ति रोहित चौधरीले गरेको कार्यक्रममा स्वागत मन्तब्य सहजकर्ता माया गौतमले गरेका थिए भने कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र विषयवस्तु प्रस्तुतीकरण प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका पश्चिम क्षेत्रिय संयोजक बल्लु चौधरीले गर्नु भएको थियो। कार्यक्रममा स्थानीय पालीका का प्रमुख उप प्रमुख साथै सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि जिल्ला अदालत,डिवीजन वन कार्यालय, नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जलस्रोत तथा सिचाई डिवीजन कार्यालय ,जिल्ला बार इकाई, फेकोफन, पत्रकार प्रतिनिधि लगायत को सहभागिता मा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा छैठौं चरणको कार्यक्रम बारे जानकारी गराउदै जिल्ला स्तरिय सल्लाहकार समिति समेत गठन भएको छ। शान्ति स्थापनाको माध्यमबाट सम्बृद्ध समाज निमार्ण कार्यमा सरकारलाई सघाउदै आएको छ । साथै यस केन्द्रले मेलमिलापका क्षेत्रमा समेत काम गदै आएको छ । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले नेपालका ६ वटा प्रदेशमा सम्वन्य गरेर काम गरिरहेको छ । जल जमिन र जंगलसंग सम्बन्धित विवादमा काम गदै आएको यस संस्थाले हाल सम्म २१४ वटा विवाद समाधान गरिसकेको छ।

जिल्ला सम्वन्य समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तको सभापतित्वमा गरिएको जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधवार, मंसिर १०, २०७७, ०९:३५:००
प्रतिक्रिया दिनुहोस्