स्थानीय

पाँच लाख रुपैयाँसहित २४ जुवाडे चितवनमा पक्राउ ।

Samayapati

कात्तिक २७

चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् ।पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई भरतपुर महानगरपालिका(५ कैलाशनगरबाट राति पक्राउ गरिएको हो ।स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुरा खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरी उपरीक्षक गुरुङले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बिहिवार, कार्तिक २७, २०७७, ११:१३:००
प्रतिक्रिया दिनुहोस्