अन्तर्राष्ट्रिय

आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने, प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा ।

Samayapati

आज पनि एमसीसी संसद् बैठकमा टेबल नहुने भएको छ ।

बिहान सहमति जुटाउन भन्दै बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको हो ।

नेपालले पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेपछि आजको संसद् बैठकमा पनि एमसीसी टेबल नहुने भएको हो । बिहान बसेको सत्ता गठबन्धनको बैठक एक घण्टामा नै सकिएको थियो । अर्को बैठक पर्सि १० बजे फेरि बस्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।

संसद् बैठक दिउँसो १ बजे बस्दैछ । यसैबीच, सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुट्नु भएको छ ।


प्रकाशित मिति: शुक्रवार, फाल्गुन ६, २०७८, ०१:५०:००
प्रतिक्रिया दिनुहोस्