कोहलपुरमा बालमैत्री शिक्षाका लागि मन्टेसरी एकदिने तालिम सम्पन्न!
अन्तर्राष्ट्रिय
लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा ।

गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरको निधनमा आइतवार र सोमवार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएको छ ।
यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घोषणा गर्नुभएको छ ।
वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाको दिन ुमल्टी अर्गान फेलरु का कारण उहाँको निधन भएको हो । उहाँको निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेको छ ।
प्रकाशित मिति: आइतवार, माघ २३, २०७८, ०२:१६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!