अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीलाई कोरोना संक्रमण ।

Samayapati

बैशाख ९

भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ८औं दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


प्रकाशित मिति: बिहिवार, बैशाख ९, २०७८, ०१:१५:००
प्रतिक्रिया दिनुहोस्