खेल

आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज

Samayapati

आइतवार, फाल्गुन २५, २०७६
एजेन्सी स् अष्ट्रेलियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । मेलबर्नमा हुने फाइनलमा भिड्दै छन् – आयोजक अष्ट्रेलिया र भारत । खेल नेपाली समय अनुसार १२स्४५ मा सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया उपाधि घरमै राख्न चाहन्छ । यता, भारत घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ । भारत पहिलो पटक फाइनल पुगेको हो । र, पहिलोपटक टी–ट्वान्टी विश्वकप उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ ।


प्रकाशित मिति: आइतवार, फाल्गुन २५, २०७६, १२:३९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार