राष्ट्रिय

उपचारका लागि सात वटा अस्पताल पुग्दा पनि कुनै अस्पतालले भर्ना लिन नमानेपछि एक महीलाको मृत्यु ।

Samayapati

सम्स्यपाटी संबाददाता

श्रावण २५ आइतबार २०७७

कोहलपुर बाके /सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले जनाए । वीरगन्ज महानगरपालिका– २ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थाई कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरि परीक्षणका लागि पठाइको थियो ।शुक्रबार राति एक्कासी स्वासप्रस्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा पनि कुनै अस्पतालले लामालाई भर्ना गर्न मानेनन् । दोस्रोपटकमा नारायणी अस्थाई कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि उनलाई रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।
स्वासप्रस्वासमा समस्या देखिएकी उनलाई अक्सिजन पाइप लगाइदिन अस्पतालसँग अनुरोध गर्दा पनि कसैले नमानेको उनकी भाउजुले गुनसो गरिन् ।


प्रकाशित मिति: आइतवार, श्रावण २५, २०७७, १२:२८:००
प्रतिक्रिया दिनुहोस्