युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
राष्ट्रिय
आफ्नै पार्टीका नेताहरु सङ्कटकाे बेला गैरजिम्मेवार हुँदै स्वार्थकाे पछि कुदे : प्रधानमन्त्री ओली

'२५ जना बढी भेला नहुन भनिरहँदा केन्द्रीय कमिटी बैठककाे माग भइरहेकाे छ'
उहाँले भन्नुभयो, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा चार सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, बेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति निकै व्यापकरुपमा देखिन्छ ।'
उहाँले सङ्कटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश यस्तो सङ्कट भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने । कहिले क्वरेण्टीनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्याे भने किन गर्याे भन्ने, मान्छे उचाल्ने, मान्छे भड्काउने ।’
विज्ञहरुले समेत सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उहाँले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सङ्क्रमणको गतिलाई रोक्दै शून्यमा पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । सङ्क्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म सङ्क्रमणको अवस्था भयावह नै रहने चेतावनीसमेत दिनुभयो ।
बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताउनुभयो । क्वरेण्टीनकाे उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको उहाँले बताउनुभयो ।
शत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वरेण्टीनकाे उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरिएको बताउनुभयो ।
श्रोत उज्यालोबाट
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!